पालिका द्वारा करुणा फाउन्डेसनको बिदाई कार्यक्रम सम्पन्न

Radio Nagarik 100.4 MHz बिहिबार, भाद्र २०, २०८१

विराटनगर । अपाङ्गता रोकथाम गर्नका लागि महत्त्वपूर्ण भुमिका खेलेका करुणा फाउन्डेसन नेपाललाई बुधबार देवानगञ्ज गाउँपालिकाले  एक कार्यक्रम आयोजना गरि बिदाई गरेको छ । सुनसरीको देवाजगञ्ज गाउँपालिकाको सभा हल उक्त कार्यक्रम गरेको हो ।

करुणा फाउन्डेसन नेपालले अपाङ्गता हुन नदिनका लागि अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम ल्याई गाउँपालिका र कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय सँग समन्वय गरेर २०७६ साल असोज ८ गते त्रिपक्षीय  सम्झौता गरेर २०७७ साल साउन १ गतेदेखि देखि अपाङ्गता रोकथाम कार्यक्रम सुरु गरेको थियो । यो त्रिपक्षीय सम्झौता ३ वर्षको लागि गरेको थियो र बिचमा कोरोना महामारी काम गर्न नसके पछि फेरि एक वर्षको थप गरि करुणा फाउन्डेसन सँग ४ वर्ष अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन रहको थियो । यस कार्यक्रम बाट गाउँपालिकालाई निकै ठुलो उपलब्धि भएको देखिन्छ । यस कार्यक्रमले नवजात शिशुको स्वास्थ्यकर्मीको टिम घरमै गएर कुनै जन्मदोष भएको नभएको जाँच्ने गरेको र कतिपयलाई स्वास्थ्य समस्या बेलैमा पत्ता लाग्यो अपाङ्गता हुन समेत बचाएको करुणा फाउन्डेसन नेपालको जिल्ला संयोजक श्याम किशोर साहले बताउनुभयो । साहका अनुसार ५ देखि १० वर्ष मुनिका बालबालिकालाई विद्यालयमा गएर स्वास्थ्य जाँच गर्ने क्रममा कतिपयलाई समस्या देखे पश्चात् समयमै उपचार हुदा अपाङ्गता हुनबाट समेत बचेको छ । अपाङ्गता हुन नदिनका लागि गर्भमा रहेको शिशुको अवस्था पत्ता लगाउन पालिकामा भिडियो एक्स रे व्यवस्था उपलब्ध भए पछि ३ जना महिलाको गर्भ जाँच क्रममा जटिलता पत्ता लागेपछि बेलैमा विशेषज्ञ अस्पताल रेफर गराएर सुरक्षित राखिएको साहले जानकारी दिनुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्ग  व्यवस्थित गरि उनीहरूलाई आवश्यक स्वास्थ्य सेवा उपलब्धमा ब्यवस्थापन गरेको हो । अपाङ्गता भएको र आमाबुबा समेत नरहेको निराशा गुप्तालाई सुरक्षित बास बस्नका लागि पक्की घर बनाउन हामी व्यवस्थापन गरेको जिल्ला संयोजक साहले बताउनुभयो । साहले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित आभार ब्यक्त गरेको थियोे ।

बिदाई कार्यक्रममा बोल्नु हुदै अपाङ्गता समावेशी संस्थाका अध्यक्ष डुमरलाल मेहताले “यो अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमले हामीलाई धेरै नै सहयोग मिलेको छ । यो कार्यक्रमले गर्दा हामी करुणा फाउन्डेसन नेपालका जिल्ला संयोजक श्याम किशोर साह, राजिव चौधरी , स्नेहा खड्का लगायत  टिमलाई अपाङ्गताको उद्धार प्रति अपाङ्गता समावेशी संस्थाको तर्फबाट धन्यवाद तथा आभार ब्यक्त गर्दछु” भन्नुभयो  । मेहताले अगाडिको दिनमा पनि बेलाबेलामा यस्ता किसिमको कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रमको सभा अध्यक्ष तथा गाउँपालिकाकी उपाध्यक्ष कुमारी विभा यादवले करुणा फाउन्डेसन नेपालले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमबाट राम्रो उपलब्धि भएको बताउनुभयो । उपाध्यक्ष यादवले बिदाइ गरि रहदा मनमा दुख लागि हाल्छ नै । यो करुणा फाउन्डेसन गरेको कामहरु सराहनीय रहेको छ । यस्ता किसिमका योजनामा अगाडिको दिनमा पनि सहकार्य  गर्न आग्रह गर्नुभयो । यो कार्यक्रमलाई सफल बनाउनका लागि करुणा फाउन्डेसनका दिम, गाउँपालिकाका महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, अपाङ्गता समावेशी संस्था लगायतको भुमिका प्रति उपाध्यक्ष यादवले धन्यवाद र आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा पालिका महिला बालबालिका शाखाकी प्रमुख सृजना पोख्रेल, स्वास्थ शाखा प्रमुख सुरेश पण्डित, पालिका भित्र रहेका स्वास्थ्य चौकीका प्रमुखहरु, मिलिजुली समुहका पदाधिकारीहरु लगायतको सहभागी रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!