एनआईटीमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

डुमरलाल मेहता आइतबार, साउन २७, २०८१

विराटनगर । नि: शुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शनिबार  विराटनगर वडा नम्बर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा जेष्ठ नागरिक समाज बिराटनगर ४ द्वारा  आयोजना गरिएको शिविरमा  १५५ जनाले नि:शुल्क आंखा जाँच र स्वास्थ्य  परीक्षण गराएको जेष्ठ नागरिक समाजका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।शिविरमा हिमाल आँखा अस्पतालले आँखा सम्बन्धि प्राविधिक सहयोग गरेको थियो भने  एन आई टी कालेजले स्वास्थ्य  परीक्षण  र सन्चो रिफरेन्स ल्याबोरेटरी बिराटनगरको सहयोग रहेको एन आई टी कलेजका संस्थापक अध्यक्ष भगवान झाले बताउनुभयो ।
बरिष्ठ जेष्ठ  नागरिक श्री बुच झाले रिवन काटेर शिविर उद्घाटन गर्नुभयो । शिविर कार्यक्रमका प्रमुख अतिथि वडा नंबर ४ का अध्यक्ष  श्री जीतन थापाले कार्यक्रमको प्रसंशा गर्दै  जेष्ठ नागरिक समाजका अध्यक्ष  श्री लोकेन्द्र  कार्कीले सहयोगी संस्था र कार्यक्रमको सफलताको लागी सहयोग पुर्याउने सबैलाई धन्यवाद  दिदै भविष्यमा पनि यस किसिमको सकारात्मक  सहयोगको अपेक्षा ब्यक्त गर्नुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!