कोशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

Radio Nagarik 100.4 MHz शुक्रबार, चैत्र ०९, २०८०

विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताउनुभयो।

यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उहाँले बताएका हुन् ।

यस्तै, बैठकबाट रिक्त रहेको कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्की र सदस्यमा मदन खड्का र गौरीमान राईलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिएका छन् । बैठकले प्रदेश सभाका २ जना सदस्यलाई कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने, संघीय सरकारको सहमतिमा प्रदेश सरकारबाट प्रहरी चौकीहरू निर्माणका लागि बजेट दिने स्वीकृति प्रदान गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको वित्तीय समानीकरण अनुदान निर्धारण गरी बाँडफाँड गर्ने, बेरुजु न्यूनीकरण तथा फर्छयौटसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयमा विकास साझेदार पोर्टल ‘डिपि पोर्टल’ प्रयोगमा ल्याउने निर्णय भएको मन्त्री सुनुवारले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!