पथरी आसपासको क्षेत्रमा आँखा पाक्ने रोग जटिल बन्दै,वडा कार्यायलले शिविर गर्ने

Radio Nagarik 100.4 MHz मंगलबार, साउन १६, २०८०

विराटनगर। मोरङको पूर्वी उतरी क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमण महामारीका रूपमा फैलिदै गएपछि स्वास्थ्य सर्तकता अपनाउन वडा समिति कार्यालयले अपिल गरेको छ ।
पथरि र आसपासका क्षेत्रमा आँखा पाक्ने समस्या जटिल बन्दै जान थालेपछि रोग संक्रमित क्षेत्रका समुदायलाई पथरी शनिश्चरे वडा नं. ४ कार्यालयले यही साउन १७ गते वुधवार निशुल्क आँखा जाँच शिविर संचालन गर्न लागेको हो ।
केही दिन देखि महामारीका रूपमा फैलदै गएको आँखा पाक्ने संक्रमणबाटै सयौ व्यक्ती प्रभावित भएका छन ।
आफ्ना वडाबासीहरुमा आँखाको संक्रमण देखिएपछि वडा नम्बर ४ ले नोबेल मेडिकल कलेज विराटनगरसंगको सहकार्यमा आँखा जाँच शिविरको आयोजना गरेको वडा अध्यक्ष लोक नाथ न्यौपानेले बताए।

पथरी र आसपासका क्षेत्रमा आँखाको समस्याले प्रकोपकै रुप लिइरहेको बताउँदै अध्यक्ष न्यौपानेले भने,”पथरी र वरिपरिका क्षेत्रमा आँखाको समस्याले प्रकोपको रुप लिंदै गएको देखेपछि हामीले हाम्रा वडाबासिहरुका, लागि वडा कै आधारभुत स्वास्थ केन्द्रमै निशुल्क आँखा शिविर आयोजना गरेका हौँ ।”
वडाबासीको स्वास्थ्य प्रति गम्भीर देखिएको वडा समितिले विभिन्न महामारीको प्रकोप फैलदा यसैगरी निशुल्क स्वास्थय शिविर संचालन गर्दै आएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!