शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस

Radio Nagarik 100.4 MHz सोमबार, जेठ २९, २०८०

सुरेन्द्र मेहता ।

विराटनगर । सुनसरीको एक सामुदायिक विद्यालयमा शिक्षकको कुटाईबाट पाँच विधार्थी बेहोस बनेका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ को शारदा माविका छात्राहरुमाथि एक शिक्षकले कुटपिट गरेकाले विधार्थी बेहोस बनेका हुन ।

आईतबार २०८० जेठ २८ गते विहान करीब ८ बजेको समयमा कक्षा सञ्चालन भईरहेको बेला सप्तरीको राजविराज नगरपालिका घर बनाउने ४० वर्षिय शिक्षक अशोक मेहतालाई कक्षाकोठामा पंखा नभएको भन्दै विधार्थीले गुनासो गरेको आधारमा एक्कासी कुटपीट गरेको गुनासो बाहिर आएको छ । तराईमधेसमा लगातार केही दिनयताको अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको बेला शिक्षकले विधार्थीलाई कुट्दा बेहोस बनेका छन । एक हप्तापछि विद्यालय खुलेको र गर्मी विदापछि विद्यालय खुलेको पहिलो दिनमा नै कक्षा ७ मा अध्यनरत विद्यार्थिहरुलाई गर्मी भएपछि कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहतालाई पंखा नभएको गुनासो गरेको आधारमा पाँच जना छात्राहरुलाई मुक्का र डस्टरले कुटपिट गर्दा केही बेर बेहोस बनेको पीडित विद्यार्थीहरुले बताएका छन ।

शिक्षक अशोक मेहताले कक्षा ७ की १३ वर्षिया सुस्मिता कुमारी ठाकुर , १२ वर्षिया पुजा मुखिया, १३ वर्षिया अन्जु उराँव, अस्मिता मेहता लगायत ५ जना छात्राहरुलाई कुटपिट गरेको स्विकार गरेका छन् । शिक्षकको कुटपिटबाट पीडित भएका विद्यार्थीहरुको विद्यालय नजिकै रहेकोे किल्निकमा उपचार गराएर लगेको विद्यार्थीका अभिभावकले बताएका छन् ।
कुटपिटबाट पीडित विद्यार्थी, अभिभावक र गाउँका अगुवा सहितले शिक्षक अशोक मेहतालाई कारबाहीको माग गरेका छन् ।

कुटपिट घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहतासंग समाचारदाता भोक्राहा नरसिंह २ निवासी ३० वर्षिय सुरेन्द्र मेहताले प्रतिकृया लिन खोज्दा तपाई भिडियो ग्राफी किन बन्नु भएको रु, तपाई पत्रकार हो भन्ने ठुलो कुरा हो ?, यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन् । भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका हुन् । प्र.अ. मेहता जहिले नि गैरजिम्मेवार तरिकाले जवाफ दिने गरेको हुनाले शिक्षकहरुमा सद्भाव र एकता कायम नरहेको प्रति आक्रोश बन्दै गएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!