राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यताः पूर्वमन्त्री भगबती चौधरी

Radio Nagarik 100.4 MHz शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं । शान्ति विना समृद्धि कल्पना गर्न नसकिने भएकाले राजनीतिमा पनि स्थायी शान्ति चाहिएको नेकपा एमालेकी नेतृ पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् । २५६७ औं बुद्ध जयन्तिको अवसरमा शुभकामना सन्देश दिँदै प्रतिनिधि सभा सदस्य चौधरीले उक्त कुरा बताएकी हुन् ।

‘शान्ति विना समृद्धि कल्पना पनि गर्न सकिन्न । राजनीतिमा स्थायी शान्ति अहिलेको अपरिहार्यता हो ।’ पूर्वमन्त्री चौधरीले भनेकी छन् । तर, मुलुक दिन प्रतिदिन पुनः द्वन्द्वको चपेटामा परिरहेको बताउँदै उनले गौतम बुद्धले दिनुभएको अहिंसा, माया प्रेम र सद्भावको ज्ञानलाई अनुशरण गर्दै अगाडी बढ्नु जरुरी रहेको जनाएकी छन् । ‘अहिले प्रत्येक मानिस सामाजिक, आर्थिक, भौतिक, पारिवारिक, मानसिक द्वन्द्वमा रुमलिएको परिवेशमा भगवान गौतम बुद्धले दिनुभएको अहिंसा, माया प्रेम र सद्भावको ज्ञानलाई अनुशरण गर्दै अगाडी बढ्नु जरुरी छ ।’ २५६७ औं बुद्ध जयन्तिको अवसरमा सबैमा माया, प्रेम, सद्भाव र समभावको विकास होस भन्दै चौधरीले शुभकामना दिएकी छन् ।

२५६७ औं बुद्ध जयन्तिको अवसरमा आज देशभर विविध कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप बुद्ध जयन्ती मनाउने गरिएको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!