कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, फ्याक्ट्री र कवाडीमा बिक्री हुने गरेको खुलासा

कोशी प्रदेशमा ट्रान्सफर्मर चोरीमा संलग्न १२ जना पक्राउ, फ्याक्ट्री र कवाडीमा बिक्री हुने गरेको खुलासा भोजराज घिमिरे, विराटनगर, साउन २० कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा श्रृंखलाबद्ध रूपमा ट्रान्सफर्मर चोरी गर्दै आएका गिरोहका १२ जना प्रहरीको फन्दामा परेका छन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी ईश्वर कार्कीका अनुसार चोरीमा संलग्न ७ जना र चोरी […]

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन

मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन भोजराज घिमिरे, विराटनगर, साउन १८ मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् […]

औद्योगिक क्षेत्र स्थापनामा सरकार उदासीन : उद्योगीको गुनासो

औद्योगिक क्षेत्र स्थापनामा सरकार उदासीन : उद्योगीको गुनासो विराटनगर, साउन १४ – विराटनगरका उद्योगीहरूले औद्योगिक पूर्वाधार निर्माणप्रति सरकारले अपेक्षित चासो नदेखाएको गुनासो गरेका छन्। बुधबार उद्योग संगठन मोरङले आयोजना गरेको अन्तरक्रियामा उनीहरूले निजी क्षेत्रको लगानी एकातिर, सरकारको लगानी अर्कोतिर भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रका उद्योगीहरूलाई पूर्वाधार निर्माणमा […]

देवानगञ्ज गाउँपालिकाको ५३ करोड बढीको बजेट सार्वजनिक, डिजिटल प्रविधि र कृषि प्राथमिकतामा

विराटनगर । देवानगञ्ज गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड ८८ लाख ६५ हजार ४१० रुपैयाँको बजेट प्रस्तुत गरेको छ। मंगलबार गाउँपालिका उपाध्यक्ष विभा यादवले गाउँसभा समक्ष बजेट प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, कृषि आत्मनिर्भरता, सामाजिक सुरक्षा तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिइन्। कृषिमा ठूलो लगानी, ‘खुसी किसान देवानगञ्जको पहिचान’ […]

बर्जु गाउँपालिकाले १६औं गाउँ सभा सम्पन्न ५९ करोड १३ लाखको बजेट सार्वजनिक

विराटनगर । बर्जु गाउँपालिकाले आफ्नो १६औं गाउँसभा आयोजना गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५९ करोड १३ लाख ६० हजार ७ सय ४७ रुपैयाँको आय–व्ययको अनुमान प्रस्तुत गरेको छ। गाउँपालिकाका अध्यक्ष तथा गाउँ सभाको अध्यक्षले सभा समक्ष नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय तहको दोस्रो कार्यकालमा प्राप्त जिम्मेवारीलाई ईमानदारीपूर्वक निर्वाह गर्दै समृद्ध र विकासमुखी […]

भोलि देखि कोशी प्रदेशमा हुने लगानी सम्मेलनको तयारी पुरा

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वैशाख १८ र १९ गते आयोजना गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना सोकेसिङ गरिने कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताउनुभयो । ती परियोजनाको अनुमानित लागत १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ […]

हरिनगर माध्यमिक विद्यालयको ७२औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर ।  सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित श्री हरिनगर माध्यमिक विद्यालयले आफ्नो ७२औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा स्थानीय तथा प्रदेशस्तरीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। वि.सं. २००९ मा स्थापना भएको यस विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै हजारौं विद्यार्थीलाई सक्षम नागरिकका रूपमा तयार पारेको छ। सुनसरी जिल्लाको दक्षिणी […]

आदर्श माविको ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

विराटनगर । विराटनगरको ऐतिहासिक एवं शैक्षिक दृष्टिले महत्वपूर्ण आदर्श माविले आफ्नो ९६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। मंगलबार आयोजित विशेष समारोहमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा पछिल्ला वर्षहरूमा हासिल गरिएको प्रगतिप्रति वक्ताहरूले प्रशंसा व्यक्त गरेका थिए। समारोहका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले व्यावसायिक र व्यवहारिक शिक्षामा विशेष ध्यान दिन विद्यालयलाई सुझाव […]

सरस्वती पूजाको चटारो: देवानगञ्जका मूर्तिकारलाई भ्याइ–नभ्याइ

विराटनगर । सरस्वती पूजालाई लक्षित गर्दै सुनसरीको देवानगञ्जका मूर्तिकारहरू अहिले मूर्ति बनाउनमा व्यस्त छन्। सामुदायिक तथा निजी विद्यालयहरू, पुस्तकालयहरू र अन्य धार्मिक स्थलहरूमा पूजाका लागि मूर्ति बनाउने क्रम तीव्र भएको छ। देवानगञ्ज-३ का अर्जुन पण्डितका अनुसार सरस्वती पूजाको समय निकटिँदै जाँदा उनीहरूले मूर्ति बनाउन भ्याइ-नभ्याइ गरिरहेका छन्। उनले ३० देखि ४० वटा मूर्ति बनाउने गरेका छन्। […]

बिराट एक्सपो २०२५: हुलास मोटर्सको काग्रो हस्तान्तरण

विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो। हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342