कुबेतस्थित नेपाली दूतावासले जुलाई ३० मा भएको ड्रोन आक्रमणमा सवारी चालकको रुपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो । उनको मृत्युबारे बिहीबार नै सञ्चार माध्यमहरुमा आइसकेको थियो ।राजदूतावासले तामाङको पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउने लगायतका आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित […]
१४ साउन, जनकपुरधाम । मधेश प्रदेश सरकारले नागरिकको जिउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ । बिहीबार बसेको मधेश सकरारको मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रेस विज्ञप्ति जारी गर्दै पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको जनाएका छन् […]
गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोसी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा […]
लोकसेवा आयोगको तयारीमा रहेका विद्यार्थीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । तीन बुँदे माग राखेर उनीहरूले सोमबार विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । स्वतन्त्र संवैधानिक निकायले किन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृत लिनु पर्ने हो ?, लोकसेवाको कार्यातालिका अनुसार विज्ञापन र परीक्षा कार्यक्रम सञ्चालन गर, ‘पहुँच भए खाउ युवा, स्वकीय सचिव खाउ, लोकसेवा भिड्ने […]
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका […]
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो । विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल रहँदा नेपालले लगातार दुई खेलमा १६० रनको आँकडा पार […]
वीरगन्ज (पर्सा), साउन १० गते ।नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा […]
चन्द्र पन्दाक ताप्लेजुङ,१० साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनेको भन्दै बधाईको ओइरो लागेको छ। मुख्यमन्त्रीमा नियुक्तिको औपचारिक टुङ्गो नलाग्दै मेन्याङ्बोलाई शनिबार दिउँसोदेखि बधाई दिनेको लर्को लागेको हो। कोशी प्रदेशको १० औँ मुख्यमन्त्री नियुक्त हुनुभएको दाबी गर्दै पार्टी कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत सफल […]
धनगढी, १० साउन : खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उहाँ साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया […]
काठमाडौँ,३१ असार: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि […]