विराटनगर । सुनसरीको दुहबीमा डोजर चलेको छ । रानी–विराटनगर–इटहरी–धरान सडक खण्डअन्तर्गत दुहबीमा सडक विस्तार गर्न बिहीबार डोजर प्रयोग गरि ५८ घर भत्काइएको हो ।
सर्वोच्च अदालतमा स्थानीयले मुद्दा दायर गरेकोमा एक महिनाअघि रिट खारेज गरेपछि घर भत्काउन ३० दिने समयसीमा तोकिएको थियो ।
दुहबी नगरपालीका वडा नम्बर ५ को बजारक्षेत्रमा सडक साघुरो हुदा दैनिक जसो सडक दुर्घटना हुदै आएको र ब्यापारिक सडक समेत २०५४ को मन्त्री स्तरिय निर्णय बाट बिल्ड अप एरिया घोसणा भएपछि उक्त क्षेत्रका घर टहर हटाउन समस्या बन्दै आएको थियो।
२०७७ सालमा बिभिन्न ३ वटा मुद्दा बजारबासीले सर्वोच्च अदालतमा हालेपछि स्थिति झन नाजुक बन्दै गरेको थियो। दुहबी बजार संघर्ष समिति , लगायत ब्यक्ति हरुले मुआब्जा र बाइपास सडक सहितको मुद्दा सर्वोच्च अदालतमा दायर गरेपछि उक्त मुद्दा उपर माघ २१ गते सुनुवाइ हुदा प्रधान न्यायधिस प्रकाशमान सिंह राउत र न्यायधिस सारंग्गा श्रेस्ठ को इजलासले पुर्णत खारेज गरिदिएको थियो।
मुद्दा खारेजि को फैसला आएपछि सडक बिभागले माघ २१ गते कोशी राजमार्ग दुहबी सडक खन्डको ६३० मिटर क्षेत्र भित्रको सेटब्याक सडकको दायाबाया ६-६ मिटरमा बनेका घर टहरा खाली गर्ने ३० दिने सार्वजनिक सुचना जारी गरेको थियो। उक्त सुचनाको हद म्याद २०८१ फागुन २१ मा सकिए पछि सुरक्षा निकायको उपस्थितिमा दुहबी नगरपालीकाले आकस्मिक बैठक बोलाएर २२ गते बिहीबार बिहान ८ बजे डोजर प्रयोग गरी घर टहरा हटाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यन्वय गर्दै फागुन २२ गते बिहिबारका दिन बिहान ८ बजे देखि नै दुहबी नगर प्रमुख बेद नारायण गच्छादार ७ वटा डोजर सहित स्वय उपस्थित भएका थिए।
जुन समयसीमा बुधबार सकिएपछि दुहबी नगरपालिकाले बिहीबारदेखि नै घर भत्काउन सुरु गरेको नगरप्रमुख वेद गच्छदारले जानकारी दिए ।
सडक विस्तार गर्नका लागि ६२ वटा घर भत्काउनुपर्ने भए पनि अब चार वटा भत्काइने उनले बताए ।
गच्छदारका अनुसार सडक क्षेत्राधिकारमा पर्ने घर भत्काएसँगै ६३० मिटर सडक निर्माणका लागि ६ लेन सडक आयोजनाले टेण्डर आह्वान गरी ठेक्का प्रक्रिया अगाडि बढाउने बाटो खुलेको छ ।
सडकको दायाँबायाँ ६–६ मिटर सेटब्याक कायम गर्नका लागि ७ वटा स्काभेटरको प्रयोग गरिएको थियो ।
अधिकांशले आफैँ घर तथा टहरा भत्काए पनि केही स्थानीयले भने अटेर गरेर बसिरहेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको गच्छदारको भनाइ छ ।
डोजर चलाउने क्रममा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालनसमेत गरिएको थियो ।