गोदावरी स्कुलले मनाए २१ औं स्थापना दिवस

डुमरलाल मेहता शनिबार, फाल्गुण १७, २०८१

विराटनगर। गोदावरी सेकेण्डरी इङ्गलिस स्कुलले २१ औं स्थापना दिवस तथा अभिभावक दिवस मनाएको छ ।
विराटनगर ६ सरौचिया स्थित रहेको  गोदावरी सेकेण्डरी इङ्गलिस स्कुलले विराटनगरको एक पार्टी प्यालेसमा विभिन्न कार्यक्रमको आयोजनागर्दै स्थापना दिवस र अभिभावक दिवस मनाएको हो । सो अवसरमा विद्यालयले भौतिक शास्त्री प्रा.डा.ईन्दूशेखर झालाई सम्मान गरेको छ । महेन्द्र मोरङ कलेजका पुर्व प्राध्यापक समेत रहनुभएका प्रा.डा.झा ले १० जना विद्यार्थीलाई विद्यावारिधि गराउनुभएको तथा अन्त र्राष्ट्रीय जर्नलहरुमा समेत उहाँका अनेकौं कृतिहरु प्रकाशित रहेको जनाईएको छ ।

भौतिक शास्त्रको क्षेत्रमा उहाँले गर्नुभएको योगदानलाई कदरगर्दै सम्मानित गरिएको गोदावरी स्कुलका संस्थापक अध्यक्ष भगवान झाले बताउनुभयो । कार्यक्रमकाबिच विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ‘ब्यस्त अभिभावक, पिडक बाबा’ शिर्षकको सचेतनामुलक नाटक प्रस्तुत गर्नुका साथै विभिन्न भाषा संस्कृतिका गित,संगित र नृत्य समेत प्रस्तुत गरेको गोदावरी स्कुलका प्रिन्चिपल महेश झाले बताउनुभयो ।

प्रिन्सिपल महेश झाका अनुसार २०४८ सालमा स्थापना भएको सो विद्यालयमा बाल कक्षादेखी कक्षा १० सम्म ४ सय ५० बढी विद्यार्थी अध्यनरत छन भने ३२ जना शिक्षक कर्मचारी कार्यरत रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि भौतिक शास्त्री प्रा.डा.ईन्दूशेखर झा,अभिभावक संघका कोशी प्रदेश अध्यक्ष देवी पन्थी,साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ मेरील्याण्ड कलेजका भेषराज पोखरेल, अर्किड कलेजका प्रिन्सिपल सीएम श्रेष्ठ,अभिभावक प्रतिनिधि अजित सिंह, विजय मेहता लगायतले शुभकामना सहित विद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

त्यस्तै सो बिद्यालयको संस्थापक अध्यक्ष भगवान झाले यस गोदावरी सेकेण्डरी इङलिस स्कुललाई उन्नति प्रगतिको लागि साथ र सहयोग गर्नु हुने सम्पूर्ण शिक्षक, बिद्यार्थी, अभिभावक लगायतलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो  ।
कार्यक्रममा उत्कृष्ट बिद्यार्थीहरुलाई गोल्डमेडल, सम्मान पत्र, अबिर लगाएर सम्मान गरेको थियो । सो कार्यक्रममा विद्यार्थी अभिभावकको उल्लेखनीय सहभागी थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!