नोवेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद्को सहकार्यमा विश्व क्यान्सर दिवस विविध कार्यक्रमका सम्पन्न

डुमरलाल मेहता बुधबार, माघ २३, २०८१

विराटनगर । विराटनगर स्थति नोबेल क्यान्सर अस्पताल र लियो जिल्ला परिषद् ३२५ सी को सहकार्यमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सन् २०२५ को विश्व क्यान्सर दिवस भव्य रूपमा मनाइएको छ ।

फेब्रुअरी ४ का दिन विश्वभर मनाइने यस विश्व क्यान्सर दिवस विराटनगरमा हिजो विहाननैबाट नोबेल क्यान्सर अस्पतालको प्राङगणबाट सहिद रंगशाला सम्मको ५ किलोमिटरको मिनी म्याराथुनबाट सुरु गरी साँझ सम्म कार्यक्रमहरु गरिएको थियो । यस अवसरमा म्याराथन दौड, क्यान्सर सचेतना र्‍याली, स्लो साइक्लिङ्ग तथा पारा—साईक्लिङ्ग प्रतियोगिता, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (कन्सर्ट) को आयोजना गरिएको थियो।

मिनी म्याराथुनको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका समाजिक बिकास मन्त्री पाँचकर्ण राईले प्रमुख आथित्यता ग्रहण गर्नु भएको थियो भने विशेष अतिथि प्रदेश स्वास्थ निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेत, लायन्सका गर्भनर बिकाश अधिकारी, लायन्स जिल्ला ३२५ सि लायन्स इन्द्र खत्री (राजन), नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल, उप–निर्देशक डा. मुक्ति आचार्य, प्राचार्य प्रा. डा. राम हरि घिमिरे, सह—प्रधानाध्यापक डा. ऋतु शर्मा बराल, क्यान्सर उप—निर्देशक डा. प्रदीप भण्डारी, महाप्रबन्धक दिपेश राई, नर्सिङ निर्देशक गंगा अधिकारी, स्त्री तथा प्रसूति विभाग प्रमुख डा. गेहनाथ बराल, एनेस्थेसिया विभाग प्रमुख डा. वन्दना पौडेल लगायतको उपस्थिति रहेको थियो।

प्रतिस्पर्धात्मक कार्यक्रममा विजयीहरुलाई साँझ आयोजित साँस्कृतिक कार्यक्रममा पुरस्कृत गरिएको थियो । यस क्रममा मिनी म्याराथुन प्रतियोगितामा केन्याका नागरिकको पनि उपस्थिति रहेको थियो र उनी प्रथम भएका थिए । विराटनगरको प्रसिद्ध ब्याण्ड द सूभम एण्ड स्मृतीको प्रस्तुती समेत रहेको थियो । सचेतनामूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमहररुले क्यान्सर विरुद्धको जागरूकता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!