विराटनगरमा क्यान महासंघ मोरङद्वारा प्रविधिमैत्री परिचयात्मक कार्यक्रम सम्पन्न

डुमरलाल मेहता शनिबार, पौष ०६, २०८१

विराटनगर । क्यान महासंघ मोरङले ओएसिस क्याफे, विराटनगरमा आज विशेष कार्यक्रम आयोजना गरी आफ्नो नयाँ कार्यसमितिलाई परिचयात्मक तथा सदस्यता प्रमाणपत्र वितरण समारोह भव्यरूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको उद्घाटन साना बालिका निहारिका यादवले गमलामा पानी हालेर गरेकी थिइन्। यसले भविष्यका कर्णधार बालबालिकालाई प्रकृति र प्रविधिको महत्वबारे सचेत तुल्याउन र उनीहरूलाई नेतृत्वको जिम्मेवारी सिकाउन विशेष प्रेरणा दिएको आयोजकले बतायो।


मोरङ बार एसोसिएसनका उपाध्यक्ष नवराज दाहालको निर्वाचन अधिकृतत्वमा नयाँ कार्यसमिति चयन गरिसकिएको थियो। कार्यक्रममा दाहालद्वारा कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरियो। उनले क्यान महासंघ मोरङले सौहार्दपूर्ण वातावरणमा निरन्तर भिन्न शैलीका कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै संस्थाको भविष्यप्रति आशा व्यक्त गरे।
क्यान महासंघ मोरङका उपाध्यक्ष सौरभ गोल्छाका अनुसार सदस्यता प्रमाणपत्र र कार्ड वितरणले व्यवसायप्रति ग्राहकहरूको विश्वास बढाउनेछ। “प्रमाणपत्रले व्यवसायिक संस्थाको आधिकारिकता पुष्टि गर्दै यस क्षेत्रका कम्प्युटर व्यवसायीहरूलाई सशक्त बनाउनेछ,” उनले भने।
कार्यक्रममा संस्थाका विभिन्न पदाधिकारीहरूले आगामी योजनाबारे जानकारी गराए। न्यानोटेक आईटी सोलुसनका प्रवन्धक सुमितकुमार साहले व्यवसायीहरूलाई एकीकृत गरी “बी.टु.बी. नेटवर्किङ”, “क्यान इन्फोटेक” जस्ता कार्यक्रम र छात्रवृत्ति कोष सञ्चालन गर्ने योजना रहेको बताए।
सहसचिव नवीन यादवले संस्थाको भिन्न शैली र प्रविधिको उपयोगलाई विशेष प्राथमिकता दिने बताए। कार्यक्रममा संस्थाले “फूलको विरुवा” मायाको चिनोस्वरूप वितरण गर्दै प्रकृतिप्रति उत्तरदायित्वको सन्देश दिएको थियो।
क्यान महासंघ मोरङले आफ्ना गतिविधिहरूलाई थप प्रविधिमैत्री बनाउन आजकै दिन आफ्नै वेब पोर्टल सार्वजनिक गरेको छ। “वेब पोर्टलमार्फत संस्थाका सम्पूर्ण https://canmorang.org.np  गतिविधिहरूलाई सबैले सहजै जानकारी लिन सक्नेछन्,” सचिव अजित चापागाईंले बताए।
कार्यक्रम भव्य, सभ्य, र प्रेरणादायी ढंगले सम्पन्न भएको महसुस आयोजकहरूले गरेका छन्। प्रविधि र सामाजिक उत्तरदायित्वलाई सँगै लिएर अघि बढ्ने क्यान महासंघ मोरङको यो प्रयासले व्यवसायिक वातावरणलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!