रेडियो नागरिकले लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

डुमरलाल मेहता शुक्रबार, कार्तिक २३, २०८१

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो नागरिक विराटनगरद्वारा आयोजित यस कार्यक्रमको अध्यक्षता मिडियाका प्रबन्ध निर्देशक अरविन्द मेहताले गरेका थिए। गायिका सिन्हा मैथिली र भोजपुरी भाषामा आफ्ना लोकगीतहरूको माध्यमबाट समाजको मन जित्न सफल गायिका थिइन् । उनको योगदानलाई सम्मान गर्दै भारत सरकारले उनलाई ‘पद्म श्री’ र ‘पद्म भूषण’ जस्ता प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित गरेको थियाे । शारदा सिन्हाले लोकसंगीतको क्षेत्रमा नयाँ आयामहरू थप्दै मैथिली र भोजपुरी लोकगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएकी छन्।


सभामा देवानगंज गाउँपालिका वडा नम्बर २ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि जगनारायण मेहताले आफ्नो मन्तव्य राख्दै भने, “शारदा सिन्हाले हाम्रो विवाह संस्कारहरूलाई लोकगीतको माध्यमबाट सुन्दर जीवन दिइरहनुभएको छ। उहाँले सांस्कृतिक रीतिरिवाजलाई गीतको माध्यमबाट जिउँदो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएकाे छ।”


यस्तै, कार्यक्रममा वक्ता भिमनन्दन शर्मा, रामसुन्दर मेहता, लक्ष्मण मेहता, मनमोहन यादव, विद्यानन्द मेहता, र राजु मेहताले पनि गायिका सिन्हाको योगदानको विषयमा बोले। उनीहरूले सिन्हाले लोकसंगीतको माध्यमबाट मैथिली र भोजपुरी संस्कृतिलाई उजागर गर्दै सांस्कृतिक धरोहरलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे।


कार्यक्रमको समापन गर्दै पत्रकार अरविन्द मेहताले भने, “शारदा सिन्हा केवल एक लोकगायिका मात्र नभएर गीतसंगीतको देवी हुनुहुन्थ्यो। उहाँले लोकगीतलाई उच्च स्थानमा पुर्याउँदै हामी सबैको सांस्कृतिक धरोहरलाई समृद्ध बनाउन प्रेरणा दिनुभयो।”
गायिका शारदा सिन्हाको गीतहरूले मिथिला समाजको विभिन्न संस्कार र सांस्कृतिक विविधतालाई अमर बनाउँदै जनतामा आत्मीयता जगाएका छन्। उनले मैथिली र भोजपुरी लोकसंगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउँदै नेपाल र भारतको साझा सांस्कृतिक सम्पदामा महत्वपूर्ण योगदान पुर्याएकी छन्। उनका प्रसिद्ध गीतहरू विवाह, पर्ब, तथा धार्मिक अनुष्ठानमा आज पनि उत्तिकै सजीव रूपमा गाइन्छन्, जसले गर्दा उनलाई “लोकसंगीतको देवी” को रूपमा चिनिन्छ।
उक्त श्रद्धाञ्जली सभामा सहभागी सबैले शारदा सिन्हाको स्मरण गर्दै उनको अद्वितीय योगदानलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रम सञ्चालन अमर मेहताले गरेका थिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!