विराटनगरको हेरिटेज स्कुलका दुई विद्यार्थीले थाइल्यान्डमा जिते १४ स्वर्ण !

Radio Nagarik 100.4 MHz बुधबार, आश्विन ०९, २०८१

विराटनगर । थाइल्यान्डमा १४ वटा स्वर्ण पदक जितेर स्वदेश फर्किएका मोरङको विराटनगर महानगरपालिका(४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलमा अध्ययनरत दुई विद्यार्थीलाई स्वागत गरिएको छ ।
मंगलबार विराटनगर विमानस्थलमा हेरिटेजको कक्षा २ मा पढ्ने कुनाल कामत र कक्षा ७ मा अध्यनरत गोविन्द गोयल अग्रवाललाई स्वागत गरिएको हो ।

थाइल्यान्डमा हालै सम्पन्न इन्डुर्यान्स इन्टरनेसनल च्याम्पियन्समा कुनालले ११ वटा स्वर्ण र तीन वटा कास्य जितेका थिए । आठ वर्षीय कुनाल प्लेयर अफ द इभेन्ट पनि बनेका थिए ।

यसैगरी, ११ वर्षीय गोविन्दले भने तीन स्वर्ण र तीनवटै कांस्य जितेका थिए । उनीहरू दुवैले उक्त प्रतियोगितामा नेपाललाई दोस्रो स्थान दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

कुनाल र गोविन्दलाई स्वागत गर्दै स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले आफ्ना विद्यार्थीले गरेको उत्कृष्ट प्रदर्शनबाट गौरभान्वित महसुस गरेको सुनाए ।

थाइल्यान्डमा पाँच दिने चल्ने उक्त प्रतियोगितामा १२ देशका खेलाडीहरू सहभागी भएका थिए ।

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न उनीहरू असोज पहिलो साता थाइल्यान्ड पुगेका थिए ।

कुनालले १० वर्षमुनिका खेलाडीहरूबीच प्रतिस्पर्धा गरेका थिए भने गोविन्दले अन्डर(१४ समूहमा खेलेका थिए ।

विराटनगरको उत्कृष्ट विद्यालयमध्येको एक हेरिटेजले पठनपाठनबाहेक खेलकुदलगायत अतिरिक्त क्रियाकलापहरूमा जोड दिँदै आएको छ ।

केही दिनअघि स्कुलले स्विमिङ प्रतियोगिताको आयोजना गरेको थियो ।

त्यसअघि भने हेरिटेजले कक्षा ४ देखि १० कक्षासम्मका विद्यार्थीहरूलाई महिनावारी, महिनावारीको समयमा हुने शारीरिक र भावनात्मक परिवर्तनहरू, महिनावारीको समयमा हुने गलत अभ्यासलगायत विषयमा सचेत गराएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!