शिक्षा सुधार सम्बन्धी ३ दिने तालिम सम्पन्न

डुमरलाल मेहता बुधबार, भाद्र २६, २०८१

विराटनगर । बाल विकास शिक्षिकालाई शिक्षा सुधार सम्बन्धी ३ दिने तालिम मंगलवार सम्पन्न भएको छ । वाश र अन्य स्तरोन्नती मार्फत शिक्षामा सहयोग बर्जुको परियोजना अन्र्तगत एल.डी.एस.सीको सहयोग, बर्जु गाउँपालिकाको सहकार्य र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) को आयोजनामा उक्त तालिम समपन्न भएको छ ।
गाउँपालिका १६ वटा बाल विकास केन्द्रका शिक्षिकालाई सहभागी गराएर शिक्षा सुधार सम्बन्धी सुरु गरेको तालिम सफलताको साथ सम्पन्न भएको हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले जानकारी दिनुभयो ।

शिक्षा सुधार सम्बन्धी ३ दिने तालिमको समापन कार्यक्रममा गाउँपालिका शिक्षा शाखाका हेमराज दाहालले हामीले यो तालिमबाट जे आश गरेको थिए त्यो प्रगति प्राप्त गरिसकेका छौँ । अब चाहिँ तपाईहरु आफ्नो बाल विकासमा गएर प्रयोग गर्नुपर्छ । जति सिक्नुभयो त्यो बाल विकास केन्द्रका बालबालिकालाई मनोञ्जनात्मक तरिकाले उदाहरण दिएर, विभिन्न प्रकारको चित्र बनाएर, गीत गाएर लगायतको तरिका अपनाएर बालबालिकालाई पढाउनु पर्छ । अहिले प्रविधीको गरेर विभिन्न माध्यमबाट धेरै कुरा सिक्न सकिन्छ र सिकाउन सकिन्छ दाहालले बताउनुभयो । गाउँपालिकाले शिक्षा सुधार गर्नुपर्छ शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको शिक्षा शाखाका दाहालले जानकारी दिनुभयो ।

हर्ड नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले शिक्षा सुधार गर्नका लागि हामी निरन्तर लागि रहेका छौँ । यो तालिममा सहभागी भएर जुन चासो र सिक्ने इच्छा शक्ति देखाएर सिक्नुभएको छ हामीलाई खुशी लागेको छ । यो तालिमबाट हामी र पालिकाले प्रगती भएको महशुस गरेको छ । अब तपाईहरुले आफ्नो बाल विकास केन्द्रलाई नमुना बाल विकास केन्द्र बनाउनुपर्छ । अहिले हर्ड नेपाललाई जिम्मा दिएका बाल विकास केन्द्रका कक्षा कोठालाई पेन्टिङ्ग तथा सजावट लगायतका काम गरिरहेको निर्देशक यादवले जानकारी दिनुभयो । हर्ड नेपालले ७५ वटा बालबालिकालाई पढाइरहेको छ । जसको आमाबुवा छैन र अति विपन्न परिवार बालबालिका पढीरहेको छ ।

कार्यक्रममा हर्ड नेलालका कार्यक्रम प्रवन्धक प्रदिप अर्याल, प्रशिक्षक चन्द्रिकाला घिमिरे लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा तालिम लिएका शिक्षिकालाई प्रमाण पत्र समेत दिएको थियो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!