विराटनगर । लाईफ लङ्ग पोलिक्लिनिकले बिरामीहरुको मन जित्दै दोस्रो बर्षमा प्रवेश गरेको छ । मोरङ्गको विराटनगर ११ स्थित केशलिया रोडमा रहेको लाईफ लङ्ग पोलिक्लिनिकले आज दोस्रो वार्षिकत्सवको कार्यक्रम आयोजना गरी वार्षिकत्सव मनाएको हो ।
सो उत्सवको अवसरमा लाईफ लङ्ग पोलिक्लिनिकले आज देखि असार १५ गते शनिवार सम्मको लागि वरिष्ट विशेषज्ञ डाक्टरहरु द्धारा निशुल्क ओपोडि सेवा र ल्याबतथा अन्य जाँचहरुमा २५ प्रतिशत छुट गरिएको लाईफ लङ्ग पोलिक्लिनिकको अध्यक्ष अमलेश कर्णले बताउनुभयो ।
यहाँ ल्याब, भिडियो एक्स रे, एक्स रे, आँखा, नाक, घाटीको रोग, छाती, पेट, कलेजो, प्रेसर, समान्य शल्यक्रिया, चश्मा जाँच लगायतको जाँचमा २५ प्रतिशत छुट गरिएको प्रशासन प्रमुख अमृत साहले बताउनुभयो ।