शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने : कोशी प्रदेश प्रमुख खापुङ

Radio Nagarik 100.4 MHz बुधबार, चैत्र २८, २०८०

विराटनगर । शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ । सुनसरीको इनरुवामा बुधबार प्रिसियस एकेडेमीको अभिभावक दिवश तथा कक्षा ११ को लागि नयाँ भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले देशको मुरुदण्ड नै शिक्षा भएकाले शिक्षाको विकास नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभएको हो । प्रदेश प्रमुख खापुङले देशमा भईरहेको शिक्षाको लागनी अझै बढाउनुपर्ने र शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । शिक्षामा गुणस्तर र शिप तथा रोजगारमुलक नभएसम्म बेरोजगारी समस्या बढ्ने भएकाले सबै सरोकारबाला निकायले ध्यान दिनुपर्ने बेला आएको बताउनुभयो । शिक्षाले संस्कार, संस्कृति, कला र सामाजिकता समेत सिकाउने भएकाले शिक्षामा लगानी सहित गुणस्तर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले देशमा सदियौदेखी रहेको सामाजिक, सांस्कृति, धार्मिक, राजनीतिक र भाषिक विविधताको एकतालाई कायम राख्न जरुरी रहेको बताउनुभयो । प्रमुख खापुङले हेकर चार्डपर्व, धर्म, संस्कृति, सद्भावका कार्यहरुले एकअर्कालाई जोड्दै आएकाले सबैमा सो सद्भाव, एकता र मानवीय मुल्यमान्ताको संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
नेपालमा विविध भौगोलिक विषेशता हिमाल, पहाड र तराई तथा विभिन्न भाषाभाषी, जातजाती, धर्मसंस्कृति रहेकाले सबैको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक चार्डपर्वको आफ्नै महत्व भएकाले विहीबार हुने रामादनको अवसरमा शुभकामना समेत व्यक्त गर्नुभयो ।
सबैको आ आफ्नो पहिचान रहेकाले एकले अर्काको सम्मान गर्नु हामी सबैको जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
प्रमुख खापुङले हरेक समुदायको समस्या समाधान गरी मुलुकलाई एकताबद्ध बनाउनु लाग्नुपर्नेमा जोड दिए । नेपालको संविधानको आधार समानुपातिक, समावेशी र समानता भएकाले त्यसभित्र रहेर देशका सम्पूर्ण जातजातिबीच एकतालाई बलियो बनाउनु आवश्यक्ता औँल्याउनुभयो ।
उद्घाटन कायक्रममा कोशी प्रदेश सभा सदस्य हाजि इसराईल मंसुरीले इनरुवामा विज्ञान संकायको पढाई हुने विद्यालयको अभाव पुर्तीका लागि प्रिसियस एकेडेमीले विज्ञान, बाणिज्य सहितको संकायमा पढाउने गरी कक्षा थप गरेकोमा शुभकामना दिनुभयो । मंसुरीले सबैको हकहित, धर्म, संस्कृति र न्यायको लागि शिक्षा अनिर्वाय भएकाले गुणस्तरीय शिक्षामा जोड दिनुभयो ।
त्यसैगरी अर्का कोशी प्रदेश सभा सदस्य एवम् पूर्व राज्यमन्त्री रामप्रसाद मेहताले शिक्षाा विना कुनै पनि क्षेत्रको विकास सम्भव नभएकाले प्रिसियस एकेडेमीले थालेको विज्ञानको पढाई सहितको कक्षा ११ को उद्घाटनले इनरुवाको शिक्षा विकासमा योग्दान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!