प्रेमी बाटै सुमिनाको हत्या

Radio Nagarik 100.4 MHz शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ। इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ।

प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। जिल्ला प्रहरी कार्यालय धरानले शुक्रबार उनलाई सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो।

प्रहरीका अनुसार अनुसन्धान कार्य अघि बढाउनुका साथै संलग्न व्यक्तिको बारेमा बुझ्दै जाँदा मृतक प्रेमिका सुमिना श्रेष्ठ र सविन भन्ने बाबुराम भुजेल बिच करिब दुई वर्ष अघिदेखि सामाजिक सञ्जालमार्फत सम्बन्ध गाँसिएको देखिएको बताएको छ।

२०८० पुस महिनादेखि सुमना श्रेष्ठले ग्लोलोराइस धरानमा काम गर्न थालेपछि सोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग चिनजान भएको, निज एकआपसमा नजिक हुन थालेको, फेसबुक आइडीसमेत एउटै चलाउने गरेको, जसले गर्दा उनीहरु बिचको सम्बन्ध नजिक भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रेम सम्बन्धकै कारण तीन महिनापछि दुई जनाको प्रेम सम्बन्ध चिसिएको भए पनि सुमिना र प्रेमी भुजेलको काम विशेषले २०८० साल चैत २ गते प्र्रेमिका सुमिनालाई धनकुटाको मुलघाटमा लगेपछि उनीहरुबिचको सम्बन्ध अझ चिसिएको प्रहरीको भनाइ छ।

सम्बन्ध चिसिएकै कारण २०८० साल चैत ७ गते अन्दाजी २ः५० बजेको समयमा जिल्ला सुनसरी, धरान उ.म.न.पा वडा नं. १८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुल बिचमा रहेको एकान्तमा खोल्सामा खुकुरी प्रहारमार्फत घटना गराएर फरार रहेको देखिएको छ।

प्रहरीको अनुसन्धानको क्रममा किशोरीको घाँटी रेटिएको अवस्थामा प्रहरीले मृत फेला पारेपछि  सुनसरी प्रहरीको कमाण्डमा अनुसन्धान टोली, इलाका प्रहरी कार्यालय धरान सोसो सहितको प्रहरी अधिकृतको टोली र नेपाल प्रदेश प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!