बर्जु ४ मा भीषण आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति, पालिका द्धारा अगनी पिडितलाई राहत सामग्री

डुमरलाल मेहता आइतबार, चैत्र ०४, २०८०

विराटनगर ।  सुनसरीको बर्जु गाउँपालिका–४ मा आज (आइतवार) भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो।

आगलागीमा स्थानीयका घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।

आगलागीमा घरसहित अन्य सामग्री जलेर नष्ट हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीलाई विराटनगर र इटहरीबाट गएको वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रण लिइएको छ। आगलागीबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बर्जु गाउँपालिकाले पिडितहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको हुदा अहिले आवश्यक राहत सामग्री उपलब्ध गराएको उपाध्यक्ष नितु चौधरीले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!