गरिब तथा जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण

डुमरलाल मेहता बिहिबार, फाल्गुण १०, २०८०

विराटनगर । गरिब तथा जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा रहेको वीरेन्द्र माविमा पुर्व विद्यार्थी समाज र ग्रामथान गाउँपालिका वडा नं. १ कोसहकार्यमा र बिराटनगरका अनिता दुगड, सनराईज सिटि होम लेडिजहरु, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक सहयोगमा गरिब र जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको हो। अहिलेको अवस्थामा सरकारी विद्यालय प्रती कम आकर्षण रहेको छ । गरिबी जाडोको कारणले विद्यालयमा विद्यार्थीको अनियमित्ताको दुरी लाई घटाउने उदेश्यले लुगा कपडा बितरण गरेको राजिव चौधरीले बताउनुभयो । यो अभियानले अभिभावाकहरुलाई पनि नियमित बालबालिकालाई विद्यालय पठाउने उत्प्रेरणा जागने चौधरीले बताउनुभयो। एक सय जनामलाई टोपी र ६० जनालाई लुगा सेट वितरण गरिएको छ ।

पुर्व बिधयार्थीहरु (सेल्फ) फन्ड कलेक्सन गरेर सहयोगी मन भएका दाताहरुको सहयोगमा बिभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ । केहि महिना अगाडी पुर्व विद्यार्थी,स्कुल व्यवस्थापन समिति, अभिभावक, बिद्यालयका शिक्षक़ शिक्षिका र वडा नं. १ र पालिकाको सहयोगमा विद्यालयलाई आकर्षक़ बनाउन कमपाउण्ड भित्र वृक्ष रोपन गर्नुको साथै फूलबारी पनि व्यवस्थापन गरेको थियो । केहि दिन अगाडी ७४औं प्रजातन्त्र दिवसको अवसर पारेर ग्रामथान भरिका विद्यालयहरुलाई लक्षित् गरि हाजिरी जवाफ तथा खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो।

अगामि दिनहरुमा स्कुलको भवनको लागि प्रदेशका योजनाहरुमा र राष्ट्र योजना आयोगमा प्रस्ताउना पत्र पेश गर्नुको साथै बिधार्थी भर्ना र गुणस्तर शिक्षाको लागि रणनीतिक योजनाहरु बनाउने कुरालाई प्राथमिकता राखी बैठक तथा छ्ल्फल अगाडी बढाउने वीरेन्द्र माविका पूर्व विद्यार्थी समाजका अध्यक्ष राजीव चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा ग्रामथान १ का वडा अध्यक्ष सुरेशकुमार माझी, वडा सदश्य आनन्द सर्दार, संजय कुमार माझी, प्र.अ. मनोज रम्तेल, विद्यार्थीका अभिभावक, पुर्व विद्यार्थीहरु र बिद्यालयका शिक्षक् शिक्षिका हरुको सहभागी रहेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!