आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाए

Radio Nagarik 100.4 MHz बिहिबार, फाल्गुण ०३, २०८०

विराटनगर । वि.सं. १९८६ मा स्थापित विराटनगरस्थित आदर्श माविले ९५ औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले वर्ष शिक्षकका रुपमा भगिरथ पोखरेललाई सम्मान गरेको छ । पोखरेललाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरेको हो ।

त्यस्तै विद्यायलले पर्वतकुमार श्रेष्ठ, लालबहादुर गुरुङ, अजित चापागाईं, प्रवेश दुलालसहित विभिन्न संकायका संयोजकहरुलाई पनि सम्मान गरेको छ । सफाई कर्मचारी रिंकी मरिक र अम्विका कुमारीलाई पनि विद्यालयले सम्मान प्रदान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थियो । त्यस्तै विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको शैक्षिक विकासमा आदर्श माविको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नगेन्द्रप्रसाद रिजाल, मनमोहन अधिकारी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलगायत विभिन्न क्षेत्रमा विशिष्ट स्थान हासिल गरेका व्यक्तिहरुले अध्ययन गरेकाले पनि आदर्श विद्यालयको गरिमा उच्च रहेको मेयर कोइरालाले बताउनुभयो । आदर्श माविले प्राविधिक शिक्षालाई प्राथमिकता राखेकोमा खुसी व्यक्त गर्दै उहाँले अन्य सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने धारणा राख्नुभयो । प्राविधिक शिक्षा बिना अब रोजगारी पाउने अवस्था नरहेको उहाँको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले विद्यालयलमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त १८ र २४ महिने कम्प्युटर तालिमलगायत विभिन्न प्राविधिक तथा सीपमूलक शिक्षा प्रदान गरिरहेको जानकारी दिनुभयो । उहाँले २०८० सालमा सामुदायिक विद्यालयतर्फ प्राविधिक शिक्षामा नेपालभरिमै सर्वोत्कृष्ट भएर पुरस्कार प्राप्त गरेको उल्लेख गर्नुभयो । आदर्श माविले समावेशी शिक्षालाई पनि समावेश गरेको पोखरेलले बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!