समयमा दमकल नआउँदा तीन जनाको मृत्यु , स्थानीयले गरे महानगर घेराउ

Radio Nagarik 100.4 MHz बिहिबार, मंसिर २१, २०८०

विराटनगर । विराटनगर महानगरपालिकाको सातघुम्तीमा भएको आगलागीमा महानगरको लापर्वाहीको कारण तीन जनाको ज्यान गएको भन्दै स्थानीयले आज महानगरपालिका घेराउ गरेका छन् ।

विराटनगर ७ को सातघुम्तीमा रहेको कबाड़ी गोदाममा भएको आगलागी नियन्त्रणको लागि महानगरलाई तत्काल सूचना दिएको भएपनि ४५ मिनेटपछि मात्र दमकल पुगेकोले मानवीय क्षति भएको स्थानीयको आरोप छ । महानगरको लापर्वाहीको कारण क्षति भएको भन्दै स्थानीयले महानगरको गेटमा तालाबन्दी गर्दै घेराउ गरेका हुन् ।

आगलागीमा विराटनगर ६ की ५५ वर्षीया शुशिला पासवानको घटनास्थलमै, विराटनगर ६ कै ३४ वर्षीय दिपक मण्डलको उपचारको क्रममा न्युरो अस्पतालमा र सुनिता कामतको काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । यस्तै तीन जनाको वर्न अस्पतालमै उपचार भइहरेको छ ।

बुधबार अपरान्ह विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न महानगरपालिकाले तत्काल दमक नपठाएको र ४५ मिनेटपछि दमकल पुग्दा पनि दमकलमा पानी नभएकोले आगलागी समयमै नियन्त्रणमा आउन नसकको स्थानीयले बताएका छन् । आलगाली नियन्त्रण गर्न इटहरी र सुन्दरहरैंचासम्मका दलमक बोलाएर दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।

आगलागी गोदामको गेटमै फैलिएकोले त्यहाँका कामदारहरु सहजै भाग्न नपाएर भित्रै फसेको थियो । समयमा आगो निभाउन नसकेकोले उद्धार कार्यमा ढिलाइ हुँदा मानवीय क्षति हुन गएको स्थानीय दिपेन्द्र मेहताले बताउनुभयो ।

महानगरपालिकाभित्र रहेको दमकल र एम्बुलेन्स जस्ता अत्यावश्यक साधन २४ सै घण्टा सञ्चालन गर्नेगरि राख्नुपर्नेमा महानगरपालिकाको लापर्वाही देखिएको स्थानीयको आरोप छ । आगलागीमा घाइते भएकाको उद्धार गर्न महानगरले एम्बुलेन्ससमेत पठाउन सकेको थिएन । जसले गर्दा प्रहरीको गाडीमा घाइतेलाई अस्पताल लगिएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!