राष्ट्रिय योजना आयोग द्धारा योजनाबारे छलफल सुरू

Radio Nagarik 100.4 MHz शुक्रबार, कार्तिक २४, २०८०

विराटनगर । राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ । कोशी प्रदेशबाट बिहीबार देखि सुझाव संकलन थालेको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेशको भूगोल,रहनसहन र आबश्यकता त्यहिंका मानिसलाई थाहा हुने भएकाले सहभागितामूलक योजना बनाउन राष्ट्रिय योजना आयोगलाई आग्रह गर्नुभयो ।
कार्कीले सपनाको महलको परिकल्पना गर्ने नभई कार्यान्वयन हुने खालको योजना तयार पार्न आग्रह गर्नुभयो । उहाँले शिक्षा र स्वास्थ्यलाई लक्षित तरी भौतिक पूर्वाधारको उपयोग गर्न सक्ने जनशक्ती तयार पार्ने खालको योजना बनाउन सुझाव दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा आरपी विच्छाका अनुसार नेपालमा योजनाहरू बन्ने तर कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नेगरी १६ औं योजना बनाउन लागिएको छ । विच्छाले भने कार्यान्वयन हुने गरीको योजना बनाउन प्रदेश र स्थानिय तहस्तरमा पनि सुझाव संकलन थालिएको हो । उहाँले कोशी प्रदेशबाट सुरु गरिएको सुझाव संकलन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरिने छ । विराटनगरमा बिहीबार प्रदेश स्तरको र शुक्रबार पालिका स्तरको सुझाव संकलन कार्यक्रम राखिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरू सरोकारवाला संघ संस्था र निकायका पदाधिकारीहरू नागरिक समाजका अगुवाहरू लगायतको सहभागिता रहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!