तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट

Radio Nagarik 100.4 MHz सोमबार, कार्तिक १५, २०७८

विराटनगर । तिहारको आगमनसँगै भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद भएको भारी परिमाणको पटका आइतबार मोरङ प्रहरीले नष्ट गरेको छ । पानीले भरिएको खाल्डोमा हालिएको पटका ओसिएपछि प्रहरीले माटोले पुरेको थियो ।

स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले खाल्डो खन्ने, पानी भर्ने, पट्का हाल्ने र पुर्ने काम गरेको थियो । बरामद पटकाको मूल्य करिब ३ लाख ३४ हजार ८ सय रुपैयाँ भएको प्रहरीले जनाएको छ । ‘सबैभन्दा बढी रंगेली एवं रानी नाका र महानगर विराटनगरको सीमाभित्र बरामद भएको हो,’मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले भने ।

उनका अनुसार मोरङको प्रहरी कार्यालयहरुले पटका बरामद गरेको हो । पर्यावरण, स्वास्थ्य, सामाजिक शान्ति एवं सुरक्षाको दृष्टिकोणले पटका घातक भएकोले निगरानी एवं कारबाही जारी रहने एसपी जीसीले बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!