कुर्सी हल्लिने डर हुन्थ्यो भने भ्रष्टाचारको छानबिन नै सुरु हुने थिएन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै […]

सुकुम्वासीको घर निर्माणमा मुख्यमन्त्री कार्कीको श्रमदान

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]

विपी प्रतिष्ठानको सेवा सुचारु गर्न निकालियो नागरिक दवाव र्‍याली

विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ । धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्‍याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र […]

राष्ट्रिय सभा निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाउनुभएको हो । निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम […]

कोशीमा स्थानीय तहका तीन जना पालिका प्रमुख मतदान गरेन

विराटनगर । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो । झापा गाउँपालिकाका अध्यक्ष साह भ्रष्टाचार मुद्दामा फरार हुनुभएका कारण मतदानमा सहभागी हुनुभएन भने मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदार बुधबार […]

कोशीमा कांग्रेसका सिटौला र एमालेका कोइराला निर्वाचित

विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । सिटौला ७३० मत अन्तरले विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका सिटौलाले विपक्षी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो । प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २९२ मत प्राप्त गर्नुभएको छ । […]

थारू संस्कृति ठूलो सम्पति भएकोले कोशी सरकारले संरक्षण गर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताउनु भएको छ । थारू कल्याणकारणी सभाले आज मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनु भएको हो । थारू संस्कृतिलाई गौरवपूर्ण बनाउँदै यसको अन्तर्राष्ट्रियकरण गर्न उहाँले […]

पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री जबेगुकाे नेतृत्वमा तीन सदस्यीय समिति गठन

विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका प्रवक्ता एवं […]

मन्त्री उप्रेतीको पहलमा एक सय विद्यार्थीलाई स्वेटर र टोपी वितरण

विराटनगर । मोरङ रतुवामाई नगरपालिका–२ झुर्कियास्थित डोरिया आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ को पहलमा बिहीबार लायन्स क्लब अफ विराटनगर एक्टिभ र लियो क्लब अफ विराटनगर एक्टिभ ‘एनबिसी’ ले स्वेटर र टोपी वितरण गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्रका जनसमुदायसँग भेट […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342