काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् । अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ। ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो–“पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौं। अवसर पाएको बेला […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मेरो कुर्सी जाला भन्ने डर नभएको बताएका छन्। उनले आफूलाई कुर्सी हल्लिने डर नभएको पनि बताएका छन् । प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान–१८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्याली गरिएको छ । धरान–१८ को प्रतिष्ठान गेट अगाडिबाट शुरु भएको र्याली उपकुलपतिको कार्यालयअघिसम्म पुगेर टुंगिएको थियो । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार राष्ट्रपति कार्यालयमा पुगेर प्रतिवेदन बुझाउनुभएको हो । निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम प्रमुख आयुक्त थपलियाले राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम […]
विराटनगर । कोशी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा तीन जना जनप्रतिनिधि अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ मतदानमा अनुपस्थित हुनुभएको हो । झापा गाउँपालिकाका अध्यक्ष साह भ्रष्टाचार मुद्दामा फरार हुनुभएका कारण मतदानमा सहभागी हुनुभएन भने मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष गच्छदार बुधबार […]
विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला निर्वाचित हुनुभएको छ । सिटौला ७३० मत अन्तरले विजयी हुनुभएको हो । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका सिटौलाले विपक्षी नेकपा एमाले र राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो । प्राप्त मतपरिणाम अनुसार नेता सिटौलाले ५ हजार २९२ मत प्राप्त गर्नुभएको छ । […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताउनु भएको छ । थारू कल्याणकारणी सभाले आज मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताउनु भएको हो । थारू संस्कृतिलाई गौरवपूर्ण बनाउँदै यसको अन्तर्राष्ट्रियकरण गर्न उहाँले […]