परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य भएको बताउनुभएको छ । अफगानिस्तान, बङ्गलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलङ्काका विदेशमन्त्री सम्मिलित अप्रत्यक्ष सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले कोभिड–१९ ले थलिएको अर्थतन्त्रलाई गति दिन तथा आर्थिक पुनःरुत्थानका निम्ति पनि क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोगको मात्रा वृद्धि आवश्यक भएको बताउनुभयो । […]
प्रदेश १ मा आज मंगलवार १८८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८३, सुनसरीमा ४०, झापामा २५, धनकुटामा ५, उदयपुर र इलाममा ४–४, भोजपुर, खोटाङ, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २२ महिला र ४२ पुरुष सहित ६४, बेलबारीमा ५, […]
वीरगन्ज : वीरगन्जमा कारोना भाइरस (कोभिड-१९) संक्रमण र त्यसबाट हुने मृत्यु दर बढ्दै गएपछि स्थानीय प्रशासनले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएको छ। मङगलवार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) बैठकको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्साले एक हप्ताका लागि निधेषज्ञा लगाउने निर्णय गरेको हो। वैशाख १६ गते बिहीबार बिहान ४ बजे देखि वैशाख […]