प्रदेश १ मा १,२८१ संक्रमणमुक्त, ३९४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ । प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका […]

आन्तरिक राजस्व विभागद्वारा असार २५ गतेसम्म कर तिर्ने समयसीमा

काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर […]

प्रदेश १ मा ३२ अर्ब ४६ करोडको बजेट, पूर्वाधारमा १३ अर्ब

 विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपौयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ मा बजेटको यो आकार चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड ७४ लाख कम हो । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले चालुतर्फ १४ अर्ब १६ करोड […]

एसईईको नतिजा साउन १५ भित्र

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफल सम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ । बोर्डका […]

जनगणनाको काम साउनबाट सुरु गर्ने तयारी

काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना कार्यक्रम साउन महिनादेखि सुरु गर्ने गरी विभागले काम अघि बढाएको जनाएको छ । तथ्याङ्क विभागका जनगणना शाखा प्रमुख डुण्डीराज लामिछानेका अनुसार कोरोना महामारीको अवस्था असारसम्ममा कम भए सरकारसँग अनुमति लिएर साउनदेखि शुरु गरेर भदौ वा असोज भित्रमा सम्पन्न गर्ने लक्ष्य राखेको छ । […]

निषेधाज्ञामा साइबर अपराध २० प्रतिशतले बढ्यो

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश स्थानमा झन्डै डेढ महिनादेखि निषेधाज्ञा जारी छ । जसकारण मानिसहरू अत्यावश्यक कामबाहेक घरबाट बाहिर त्यति निस्केका छैनन् । दिनभर घरमै बस्नुपर्ने भएकाले प्रायः मानिस इन्टरनेट चलाइरहेका हुन्छन् । बुढानीलकण्ठकी एक १८ वर्षीया किशोरी पनि फेसबुक चलाउँदै थिइन् । एक अपरिचितबाट उनलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल हेरिन् र रिक्वेस्ट एसेप्ट गरिन् । दुईबीच संवाद […]

संवैधानिक परिषद्‌को नयाँ सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । संवैधानिक परिषदको वैशाख २६ गतेको बैठकले विभिन्न संवैधानिक आयोगमा गरेका नियुक्ति सिफारिस गरेका व्यक्तिको नियुक्ति रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नु संविधान विपरीत रहेको भन्दै उनीहरुको नियुक्ति रोक्न माग गरेको हो । उनले रिटमा […]

माछा मार्ने क्रममा श्रीमान् श्रीमतीको मृत्यु

सुनसरी । ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेको प्रहरीले जनाए । आज बिहान ६ बजे स्थानियले घर नजिकै […]

वैद्यले प्रदेशसभामा भने- आवेशमा आएर बोलें, आत्मालोचित छु

काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता […]

केही मान्छेले विधान उल्लंघन गरे, तर जसपा एउटै छ : उपेन्द्र यादव

 काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् । शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342