निषेधाज्ञामा सामाजिक सञ्जालको दुरुपयोग बढ्दै

विराटनगर । नेपालमा कोरोना भाइरसको दोस्रो भेरियन्टले दिन–प्रतिदिन संक्रमण र मृत्युदरलाई बढाएर तहल्का मच्चाइरहेको छ । यस्तो बेला घरभित्र बसेर संक्रमणबाट जोगिनु नै सर्वोत्तम उपाय रहेकाले आमनागरिकहरू घरभित्रै थुनिएर बस्न बाध्य छन् । यो बाध्यता मात्र नभई आवश्यकता पनि हो । निषेधाज्ञाले अत्यावश्यक कार्यालयमा काम गर्ने कर्मचारीको बाहेक घरमा बस्ने आमनागरिकको दैनिकी एउटै बनाएको छ […]

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको जानकारी […]

विदेशबाट गर्भ बोकेर फर्किइन २१ वर्षीय युवती

उर्लाबारी । परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ वर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजीमा भौतारिएकी छिन् । २ वर्ष वैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किएकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हुर्किरहेको छ । ललिता इलाम घर जान सकेकी छैनन् । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले […]

कक्षा १२ को परीक्षा स्थागित, परीक्षाको समय तालिका १५ दिनअघि दिइने

कठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थागित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले कोरोना संक्रमणको बढ्दो क्रमलाई विचार गरी अर्को सूचना नभए सम्मका लागि स्थागित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले बताए । यस अघि स्वास्थ्य मन्त्रालयबाट संक्रमण बढदै गएकाले परीक्षा स्थािगत गर्न अनुरोध गरेको थियो ।

२०७७ सालको एसईई नतिजा प्रकाशित

कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा […]

कोभिशिल्डको दोस्रो डोज २५ साउनदेखि खोप दिइने, प्रदेश १ र २ मा केही दिन ढिलो हुने

काठमाडौं । कोभिड(१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न […]

होटलबाट २ सय डोज खोप बरामद

काँकडभिट्टा  । झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ । फोकल पर्सन खड्कालाई […]

जलेर चार बर्षीया बालिकाको मृत्यु

ओखलढुङगा । सिन्धुली फिक्कल(५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ(६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको […]

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ […]

चाँडै खोल्नुपर्छ विद्यालय, अहिले खोल्ने अवस्था छैनः प्रवक्ता

काठमाडौं । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ । सरकारले असार १ गतेबाट बिद्यार्थीहरुको भर्ना लिन बिद्यालयहरुलाई आग्रह गरे पनि विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल छ । वैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्न सरकारले विद्यालयहरुलाई […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342