कुशवाहा कल्याण समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

डुमरलाल मेहता बुधबार, कार्तिक २२, २०८०

विराटनगर। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नजिकिदै गरेको दिपावली, भाइटिका तथा छठ पर्वको अवसर पारेर नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाइको आयोजनामा मंगलवार कुशवंशी मिलन,चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सरकारका सह – सचीव राम चरीत्र मेहताको प्रमुख आथित्य र नेपाल कुशवाहा कल्याण समाज भोक्राहा नरसिंह गाउँपालिका इकाईका अध्यक्ष मधुलाल मेहताको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको आयोजकले जानकारी दिनुभयो ।

पूर्व राज्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य सीताराम मेहताले सभालाई सम्बोधन गर्दे बितेको दशै ,आउदै गरेको दिपावली र छ्ठ पर्वको सम्पुर्ण कुशवंसीहरुलाई शुभकामना दिदै हामी सबै कुशवंसीहरुले कुनै कार्य गर्दा एक भएर जानु पर्ने जरुरी रहेको समेत बताउनुभयो ।

त्यसैगरी नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय उपाध्यक्ष जय प्रकाश मेहताले लव कुश लगायत कुशवाहा समाजको बारेमा वर्णन गर्दै शुभकामना दिएको थियो ।
कार्यक्रममा देवानगञ्ज गाउँपालिकाको पुर्व अध्यक्ष लाली प्रसाद मेहता, इनरुवा नगरपालिकाका उपप्रमुख बिनीता मेहता, सह सचिव राम चरित्र मेहता लगायतले शुभकामना मन्तब्य दिएको थियो ।
त्यसै गरी कार्यक्रममा तीन जना सञ्चारकर्मी सम्मानित भएको छ । सम्मानित हुनेहरुमा रेडियो नागरिकका डुमरलाल मेहता, मकालु टेलिभिजन बिराटनगरका संवाददाता सन्तोष मेहता र सुरेन्द्र कुशवाहा रहेका छन् । उहाँहरुलाई नेपाल कुशवाहा कल्याण समाजले सम्मान पत्रसहित दोसल्ला अबिरको टीका लगाई सम्मान गरेको भोक्राहा नरसिंह कुशवाहा कल्याण समाजका अध्यक्ष मधुलाल मेहताले जानकारी दिनुभयो ।


नेपाल कुशवाहा कल्याण समाजले पाँच जना अवकाश पाएका शिक्षकहरुलाई समेत सम्मान गरेको छ । सम्मानित पूर्व शिक्षकहरु राम प्रसाद मेहता,देव नारायण मेहता, देव चरण मेहता,रामदेव मेहता ,सत्यनारायण मेहता रहेका छन् ।

यस्तै समाजले विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै डाक्टरहरु राजेश मेहता, उपेन्द मेहता, र निर्वाचित जनप्रतिनिधिहरुमा लक्ष्मण मेहता, अकल देव मेहता, बलदेव मेहता, शिव नारायण मेहतालाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै कार्यक्रममा कुशवाहा समाजले बाल मन्दिर माविका तीन जना बालकलाकार सम्मान समेत गरेको थियो।

कार्यक्रममा कोशी पदेश सभा सदस्य रामप्रसाद मेहता, पूर्व राज्यमन्त्री तथा प्रतिनिधीसभा सदस्य सीताराम मेहता, विरेन्द्र मेहता, धर्म वीर आर्य,राजेन्द्र मेहता,जय प्रकाश मेहता, बुढिजिवी समाजका अध्यक्ष अधिवकता पन्चदेव मेहता, सुखसेना शाखा अध्यक्ष सुकदेव मेहता, श्री आधारभुत विद्यालय भोक्राहा नरसिंह २ का व्यवस्थापन समिति अध्यक्ष राजाराम मेहता, प्रधानाध्यापक सुर्य नारायण मेहता, भोक्राहा नरसिंह वडा नम्बर १ का वडा अध्यक्ष लक्ष्मण मेहता, कोशी गाउँपालिका कुशवाहा समाज अध्यक्ष चन्द्रदेव मेहता, दिनेश मेहता, भोक्राहा नरसिंह गाउँपालिकाकी पुर्व उपाध्यक्ष पुनम कुमारी मेहता, उर्मिला मेहता, देवकी देवि मेहता, ममता देवि मेहता लगायत कुशवंसीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!