रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

Radio Nagarik 100.4 MHz शनिबार, कार्तिक १८, २०८०

रुकुम । जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जनप्रतिनिधिहरुलाई उदृत गर्दै पठाएका विवरणहरुका अनुसार हालसम्म ५० संख्या पुष्टी भएको हो ।
रूकुम पश्चिमका डिएसपी नमराज भट्टराईका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।शनिबार राती ३:३० बजेसम्म संकलन गरिएको विवरणअनुसार सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको देखिन्छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!