काठमाडौं । आन्दोलनरत अनुचित लेनदेन (मिटरब्याज)पीडितलाई सरकारले छलफलका लागि बोलाएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिलाई आइतबार पत्र पठाउँदै गृह मन्त्रालयले वार्ताका लागि बोलाएको हो । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयका उपसचिव एकदेव अधिकारीले जानकारी दिनुभयो । वार्ता समितिमा मन्त्रालयका तर्फबाट सहसचिव पण्डितसहित दुईजना उपसचिव रहनुहुने […]
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको […]
काठमाडौं । न्याय खोज्दै पैदल यात्रा गरी देशभरबाट काठमाडौं आएका मिटरब्याजी पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । शुक्रबार उनीहरुले त्रिभुवन पार्कबाट हिँड्दै पैदल आएर रत्नपार्कमा प्रदर्शन गरेका हुन् । भृकुटीमण्डपबाट सिंहदरबार जाने क्रममा भृकुटीमण्डप क्षेत्रमै प्रहरीले रोकेपछि उनीहरुले सोही स्थानमा सडकमा बसेर विरोध जनाए । प्रदर्शनकारीहरुले किसानको भूमि फिर्ता गर, पीडितहरु एक हौँ, हाम्रो आन्दोलन […]
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक […]
विराटनगर । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा फागुन १३ देखि खोप लगाउने जानकारी दिएको हो । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका ९ महिना देखि १५ वर्ष सम्मका २ लाख ८१ हजार २६३ जनालाइ खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ९ महिना देखि […]
विराटनगर । गरिब तथा जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको छ । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा रहेको वीरेन्द्र माविमा पुर्व विद्यार्थी समाज र ग्रामथान गाउँपालिका वडा नं. १ कोसहकार्यमा र बिराटनगरका अनिता दुगड, सनराईज सिटि होम लेडिजहरु, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक सहयोगमा गरिब र जेहन्दार बिधार्थीहरुलाई न्यानो लुगा बितरण गरेको […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण तथा मर्मतमा एउटै कम्पनीलाई पटक–पटक विना प्रतिस्पर्धा काम नदिन निर्देशन दिएको छ । स्थानीय तहले वर्षभरि हुने मर्मतको कामका लागि पटक–पटक ठेक्का नगरी एउटै ठेकेदारबार कोटेसन माग गर्ने र काम दिने गरेका छन् । अख्तियारले यसबारे स्थानय तहलाई सचेत गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन […]
पोखरा । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार पोखरा–२१ का वडाध्यक्ष मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएर ८ लाख धरौटीमा छुटेलगत्तै अर्को ठगी आरोपमा पक्राउ परेका छन् । पोखरा–२१ का वडाध्यक्ष दीपक सुवेदी मित्रमिलन सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि गत मंसिरदेखि फरार थिए । मंगलबार आफैं अदालतमा उपस्थित भएका […]
काठमाडौँ । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल […]
चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर विरोध जनाएका हुन् । चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न […]