सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो । चार सय नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित गाडीमा कप्तानगञ्ज क्षेत्रमा नेपाली सेना परिचालन गरेको सुनसरीका […]
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको शीर्ष चारभित्र रहँदै विश्वकप छनोटमा सिधै पुग्ने नेपालको लक्ष्य लगातार कठिन बन्दै गएको छ । नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक शृङ्खलामा नामिबिया र घरेलु टोली नेदरल्यान्ड्ससँग लगातार पराजित भएपछि नेपाल अंकतालिकामा झन् दबाबमा परेको हो । विदेशी भूमिमा ब्याटिङ पूर्ण रूपमा असफल रहँदा नेपालले लगातार दुई खेलमा १६० रनको आँकडा पार […]
वीरगन्ज (पर्सा), साउन १० गते ।नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा […]
चन्द्र पन्दाक ताप्लेजुङ,१० साउन : नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनेको भन्दै बधाईको ओइरो लागेको छ। मुख्यमन्त्रीमा नियुक्तिको औपचारिक टुङ्गो नलाग्दै मेन्याङ्बोलाई शनिबार दिउँसोदेखि बधाई दिनेको लर्को लागेको हो। कोशी प्रदेशको १० औँ मुख्यमन्त्री नियुक्त हुनुभएको दाबी गर्दै पार्टी कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत सफल […]
धनगढी, १० साउन : खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका कैलालीको घोडाघोडी नगरपालिका–१ लोहरपुरका १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो १ बजेतिर दोदा खोलामा साथीहरूसँग नुहाउने क्रममा डुबेर घाइते भएका बालकको ज्यान गएको हो। उहाँ साथीहरू १२ वर्षीय हरि बोहरा, आठ वर्षीय सुजन मौनी र १३ वर्षीया […]
काठमाडौँ,३१ असार: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हो । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि […]
पथरी शनिश्चरे, जेठ ५ — मोरङको पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालय ले एसईई २०८२ मा ४ जीपीए ल्याएर उत्कृष्ट सफलता हासिल गर्ने छात्रा स्वीकृति निरौला लाई नगद ५० हजार रुपैयाँसहित भव्य सम्मान गरेको छ। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा स्वीकृतिलाई फूलमाला, अविर, खादा तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। सामुदायिक विद्यालयबाट ४ जीपीए ल्याउन सफल […]
साना योजना बन्द गर्दै कोशी सरकारको ठूलो निर्णय २५ लाखभन्दा कमका योजना नबन्ने, पर्यटनलाई उत्पादन र रोजगारीसँग जोड्ने घोषणा विराटनगर — कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली ले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा मन्त्रालयले गरेका उपलब्धि सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसबाट सरकारमा सहभागी मन्त्री पराजुलीले शुक्रवार मन्त्रालयमा पत्रकार भेटघाट […]
विराटनगर — सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। तालिममा २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा […]
विराटनगर । जिल्ला सहकारी संघ लिमिटेड मोरङद्वारा विराटनगरमा आयोजित एक दिवसीय “महिला सहकारी गोष्ठी, २०८२” भव्य रूपमा सम्पन्न भएको छ । गोष्ठीमा सहभागी सयौं महिला सहकारीकर्मीहरूले सहकारी अभियानलाई सुदृढ, पारदर्शी र दिगो बनाउने प्रतिबद्धतासहित “विराटनगर घोषणापत्र” सार्वजनिक गरेका छन् । घोषणापत्रमार्फत सहकारीको मूल मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै गुणस्तरीय सहकारी अभियान निर्माण गर्ने अठोट […]