विराटनगर जेसीजद्वारा ‘जेसीज वीक–२०२५’ आयोजना हुने सामाजिक, स्वास्थ्य, शैक्षिक र नेतृत्व विकासमुखी कार्यक्रमहरू एक सातासम्म विराटनगर । ‘Developing Leaders for a Changing World’ भन्ने मूल नाराका साथ विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्न लागेको छ। नोभेम्बर २ देखि नोभेम्बर ७ (कात्तिक १६ देखि २१) […]
सञ्चारकर्मी सञ्चार सहकारीको १४औं साधारणसभा सम्पन्न उत्कृष्ट विद्यार्थीदेखि अग्रज सदस्यसम्म सम्मान — सहकारी नाफामा, ९ प्रतिशत बोनस वितरण विराटनगर। काेशी प्रदेशका पत्रकारहरूले स्थापना गरेको सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारणसभा शुक्रबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरे रहेका थिए। साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट विद्यार्थी, विद्यावारिधि (PhD) […]
कार्तिक १५ गतेदेखि दोस्रो आमन्त्रण “इन्ट्रा पथरी शनिश्चरे गोल्डकप” सुरु हुने· पथरी मोरङ ११ गते। आगामी कार्तिक १५ गतेदेखि २२ गतेसम्म मोरङको पथरी शनिश्चरेमा “अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२” हुने भएको छ। प्रतियोगिताको तयारीबारे जानकारी दिन मङ्गलबार हरियाली सामुदायिक वनको सभाहलमा पत्रकार सम्मेलन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद […]
सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीद्वारा छठ पर्वमा निःशुल्क स्वास्थ्य शिविर । विराटनगर, मोरङ। छठ पर्वको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र, विराटनगर–२ तीनपैनीले सोमबार विराटनगरको सिँघिया घाटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। हरेक वर्षझैं यस वर्ष पनि व्रत बसेर पूजा गर्न आउने भक्तजनहरूको […]
कागती खेतीमा कृषक आकर्षित, तर बजार मूल्य नपाउँदा चिन्तित मोरङ । मोरङको पथरी शनिश्चरे–२ कालापानीका किसान सुरेन्द्र दाहाल पछिल्ला सात वर्षदेखि व्यवसायिक रूपमा कागती खेती गर्दै आउनु भएको छ। प्रेम पोख्रेलको धानबाली लाग्ने खेत वार्षिक ८० हजार रुपैयाँमा १५ वर्षका लागि ठेक्कामा लिएर उहाँले २८ कठ्ठा जमिनमा कागती खेती गर्दै आउनु भएको हो। १५ लाख […]
विवादपछि नयाँ नाम चर्चामा, विनोद चाहार श्रम मन्त्रालयको सम्भावित नेतृत्वमा विराटनगर। हालै खगेन्द्र सुनार विवादित बनेपछि श्रम मन्त्रालयको सम्भावित नेतृत्वका लागि विराटनगरका युवा सामाजिक अभियन्ता विनोद चाहारको नाम तीव्र रूपमा चर्चामा आएको छ। सामाजिक सद्भाव, मानवीय सहयोग र सकारात्मक परिवर्तनका लागि परिचित चाहार अहिले सबैको ध्यानको केन्द्रमा छन्। कोभिड–१९ महामारीको कठिन समयमा “कोही पनि भोको […]
काठमाडौँ,१० कात्तिक:छठ पर्वको मुख्य दिन अर्थात् कात्तिक शुक्ल षष्ठी आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका व्रतालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने व्रत विधि रहेको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो । […]
हाम्रो फाउन्डेसनद्वारा पथरी शनिश्चरे–१ वडा कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण, असोज २६ गते मोरङको पथरी शनिश्चरे–१ स्थित वडा कार्यालयलाई सञ्चालनमा सहजता ल्याउनका लागि हाम्रो फाउन्डेशन, पथरी शनिश्चरेले आवश्यक फर्निचर तथा सामग्री हस्तान्तरण गरेको छ। शनिबार एक संक्षिप्त कार्यक्रमबीच नेपालकी प्रथम शंकराचार्य हेमानन्द गिरीको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा उपस्थित रहँदै शंकराचार्य गिरीले हालैको “जिन्जी” […]
पूर्वसभामुख कृष्णबहादुर महरा सुन काण्डमा पक्राउ , असोज २६ गते सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको सीआईबीका एआईजी मनोज केसीले जनकारी दिएका छन्।२०७९ साल पुस १० गते फ्लाई दुबईको फ्लाइट नम्बर FZ0587 बाट काठमाडौं आएका चिनियाँ नागरिक लि हानसोङले […]
विराटनगरमा ‘संसारी खबर’ अनलाइन पोर्टल शुभारम्भ : धर्म, संस्कृति र समाजमुखी पत्रकारितामा जोड विराटनगर । विराटनगरबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टल ‘संसारी खबर’ औपचारिक रूपमा शुभारम्भ भएको छ। नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले उद्घाटन गर्नुभएको यस पोर्टलले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यतालाई प्राथमिकतामा राख्दै समाचार प्रवाह गर्ने अठोट सार्वजनिक गरेको छ। शुभारम्भ […]