विराटनगरसँग जोडिएको नाका ‘रानी नाका’ पैदल यात्री आवतजावतका लागि खुल्ला

Radio Nagarik 100.4 MHz बिहिबार, साउन २८, २०७८

विराटनगर । विराटनगरसँग जोडिएको मुख्य अन्तर्राष्ट्रिय नाका ‘रानी नाका’ आवतजावतका लागि खुल्ला भएको छ ।

भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको हो ।

मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकामा बुधवारदेखि आउजाउमा खुल्ला गरेको हो । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले सो नाका २०७६ साल चैत ११ गतेदेखि बन्द गर्दै आवतजावतमा रोक लगाउँदै आएका थियो ।

मोरङमा यात्री आउजाउ गर्ने एकमात्रै नाका रानी मात्रै हो । मालवस्तु ढुवानीसँगै यात्री आउजाउ गर्ने रानी नाकाबाट भन्सार कार्यालय बुधनगर सरेपछि केहि समस्या भएको थियो । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सहायक नाकाबाट आउजाउमा कडाई गरेर मुख्य नाकाबाट प्रवेश गराउने बताए । उनले हल्थ डेस्क समेत रहेका कारण प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सहज हुने भएकोले रानी नाकाबाट पैदल यात्री आउजाउ खुल्ला गरिएको बताए ।
बुधवारदेखि रानी नाका हुँदै भारत जाने र भारतबाट फर्कन नागरिकले सक्ने भएका छन् । जाने र आउनेका लागि अलग अलग रुटको व्यवस्था मिलाइएको छ । रानी नाका मानिसको लागि खुल्ला गरिएपनि सो नाका प्रयोग गरेर कुनै प्रकारका सवारी साधन प्रवेश भने रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!