विदेशबाट गर्भ बोकेर फर्किइन २१ वर्षीय युवती

Radio Nagarik 100.4 MHz आइतबार, साउन २४, २०७८


उर्लाबारी । परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ वर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजीमा भौतारिएकी छिन् । २ वर्ष वैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किएकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हुर्किरहेको छ । ललिता इलाम घर जान सकेकी छैनन् । परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन्।
कतारमै रहँदा ललिताको मुगुका अपिल बमसँग प्रेम बस्यो । उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो । सोही क्रममा उनीहरुको गर्भ बस्यो । आफू अविवाहित रहेको भन्दै कपिलले ललितालाई प्रेमजालमा पारे । त्यसपछि उनीहरुबीचको प्रेम झाँगिदै गयो । कतारबाट कपिल घर फर्किए । त्यसपछि ललिताले थाहा पाइन्, आफूलाई धोका दिएको। कपिलको श्रीमती र छोरीसमेत रहेको उनले थाहा पाइन् । त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हुर्किंदै गएको थियो । ललिताले त्यो बच्चालाई जन्म दिने निर्णय गरिन् । र, घर फर्किनन् । त्यसपछि कपिल सम्पर्क बिहीन बने ।
पटक पटक सम्पर्क गर्दासमेत कपिलकी श्रीमतीले फोन उठाउने गरेकी छिन् । यतिबेला ७ महिनाको गर्भ बोकेर ललिता न्याय मागिरहेकी छिन् । कुनै संघसंस्थाले उनको न्यायका लागि पहल गरेको छैन । आफ्ना बेदनाहरु मिडियामार्फत पोखिरहेकी छिन् । न्यायका लागि सहयोगका लागि सबै पक्षमा उनले अपिल गरेकी छिन् । हाम्रोमत दैनिकबाट ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!