काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीति तयारगरी जायज माग सम्वोधन गर्न आन्दोलनरत पक्षसँग बुधबार सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीको अग्रसरतामा तीन बुँदे सहमति भएको हो । धर्नारत दीपक भण्डारीसहितसँग तीन सदस्यीय समिति गठन गरी सो सहमति भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । मन्त्रालयमा […]
विराटनगर । विराटनगरस्थित विश्व छारे रोग दिवसको अवसरमा न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी अस्पतालले जनचेतनामूलक र्यालीले निकाल्ने भएको छ । यही मार्च २६ मा विश्वभर आयोजना गरिने विश्व छारे रोग दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा न्युरोले यस्तो जानकारी दिएको हो । अहिले पनि न्युरोमा ३ हजार जना यसका […]
काठमाडौं । धरान उपमहानगरपालिका वडा नं. १८ मा शव भेटिएको सुमिना श्रेष्ठको हत्या उनकै प्रेमीबाट भएको खुलेको छ। इलाका पहरी कार्यालय धरानले शुक्रबार हत्याका आरोपी सार्वजनिक गरेको हो। प्रेमी धरान उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको प्रहरीले बताएको छ। प्रेमीसँग भएको खटपटका कारण हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। जिल्ला […]
विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताउनुभयो। यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उहाँले […]
विराटनगर । इटहरी उपमहानगरले सबै विद्यालयमा समान पोशाक लागु गर्न गरेको निर्णय कार्यान्वयन गर्नका बाटो खुलेको छ। उच्च अदालत विराटनगरले इटहरी उपमहानगरविरूद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि इटहरीको निर्णय कार्यान्वयन हुने भएको छ। इटहरीको उक्त निर्णयविरूद्ध निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) सुनसरीले उच्च अदालतमा रिट दायर गरेको थियो। बुधबार न्यायाधीशहरू विपुल न्यौपाने […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–४ मा आज (आइतवार) भएको आगलागीमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय विष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुँदा १५ वटा घर जलेर नष्ट भई ५० लाख रुपैयाँ बराबरको क्षति भएको हो। आगलागीमा स्थानीयका घर, घरभित्र रहेका विभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडालगायत सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताउनुभयो । प्रधानमन्त्रीले युवा सशक्तीकरण तालिमले सामर्थ्यवान्, उद्यमशील, सृजनशील एवं सकारात्मक सोचयुक्त […]
काठमाडौं। थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा. विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँका अनुसार शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो । जनचेतनाको अभावले १० जनालाई […]
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति लिएको छ। आगामी शैक्षिक सत्र २०८१ बाट यो कार्यक्रम लागू हुने मेयर हेमकर्ण पौडेलले बताउनुभयो। जनप्रतिनिधि र कर्मचारीले छोराछोरी नपढाएसम्म सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नहुने उहाँको भनाइ छ। उहााका अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न छोराछोरीलाई अनिवार्य सामुदायिकमा […]
विराटनगर । इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निजी विद्यालयका सञ्चालकहरूलाई ‘लुटेरा’ भनेको भन्दै छाता संगठनहरूले आपत्ति जनाएका छन् । आइतबार इटहरीमा पत्रकार सम्मेलन गरी विद्यालयका छाता संगठनहरू हिसान, प्याब्सन र एन–प्याब्सनले आपत्ति जनाएको छ । मेयर पौडेलले निजी विद्यालयका सञ्चालकहरूमाथि ‘निकृष्ट शब्द प्रयोग गर्दै अपमानित महसुस’ गरेको भन्दै आपत्ति रहेको जानकारी दिइयो । हिसान सुनसरीका […]