विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताउनुभयो। यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उहाँले […]
काठमाडौं। थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने काम सुरु गरेको छ । अस्पतालकी क्लिनिकल इम्ब्रियोलोजिस्ट डा. विनीता थापाले निःसन्तान दम्पतीलाई ध्यानमा राखेर पुरुषको शुक्रकीट भण्डारण गरेर राख्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँका अनुसार शुक्रकीट भण्डारण गर्नुको मुख्य उद्देश्य भविष्यमा हुने प्रजनन क्षमताको समाधान हो । जनचेतनाको अभावले १० जनालाई […]
काठमाडौं । शिशु चोरेको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंले ५ दिन म्याद थपेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो । दैलेख घर भई काँडाघारी बस्ने सिंहले […]
काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु हराएको घटनामा जिल्ला प्रहरी परिसर, काठमाडौंले संदिग्ध महिलाको खोजी थालेको छ । अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको […]
विराटनगर । स्वास्थ्य कार्यालय मोरङले आज विराटनगरमा सरोकारवालासँग गरेको अन्तरक्रिया कार्यक्रममा फागुन १३ देखि खोप लगाउने जानकारी दिएको हो । मोरङका १७ वटै स्थानीय तहका १५९ वडाका ९ महिना देखि १५ वर्ष सम्मका २ लाख ८१ हजार २६३ जनालाइ खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी दिनुभयो । उहाँका अनुसार ९ महिना देखि […]
शरीरमा हेमोग्लोबिनको कमी भएमा पोषणविद्हरुले चुकन्दर खाने सल्लाह दिन्छन् । दैनिक जिम जाने, व्यायाम गर्ने, उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि पनि चुकन्दर खान सुझाइन्छ । के साँच्चै चुकन्दरले शरीरमा रगत बढाउँछ त ? चुकन्दरको दैनिक सेवनले शरीरमा रगत बढाउँछ किनभने यसमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले शरीरमा पर्याप्त मात्रामा रातो रक्तकोषिका निर्माण गर्न […]
विराटनगर । मोरङ कारागारमा क्षमता भन्दा तीनगुण बढी कैदीबन्दी रहेका छन् । मोरङ कारागारमा एक हजार ३८ जना कैदीबन्दी छन् । उनीहरुलाई सुत्न, खान, बस्न समस्या छ । कैदीबन्दीलाई सुत्न सहज होस् भनेर सिद्धार्थ बैंकले उपलब्ध गराएको डबल डेकर वेड कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले कारागारलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै कार्कीले कारागारलाई […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीले विराटनगर १६ दरैहयाका सुकुम्वासी तथा असहाय परिवारको घर निर्माणमा शुक्रबार श्रमदान गरेका छन् । मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले सुरु गरेको सुकुम्बासी शिव राईको घर निर्माण अभियानमा शुक्रबार मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र […]
विराटनगर । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग निःशुल्क उपचार गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट अौपचारिक रूपमा बालबालिकाको निःशुल्क […]